नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ काठमाडौँमा सुरु

काठमाडौँ- नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ आजदेखि सुरु भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को यो दोस्रो एक्स्पो हो ।

एक्स्पो साउन ३१ सम्म संचालन हुने आयोजक संस्थाले जनाएको छ ।

एक्स्पोमा ५१ वटा स्टलमा ५५ गाडीका ब्रान्ड राखिएका छन् । जसमा ४० वटा नयाँ ब्रान्ड, नयाँ मोडल रहेका छन् ।

चारपाँग्रे, दुईपाँग्रे तथा विभिन्न ब्रान्डका नयाँ विद्युतीय कार, दुईपाँग्रे ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन्।

एक्स्पोमा नयाँ सवारीसाधनका साथै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पनि सहभागिता रहेको छ । सवारीसाधन खरिदका लागि विशेष अफर र सहुलियत कर्जा योजनासहित बैंक तथा वित्तीय सँस्थाहरु सहभागी छन् ।

यसैगरी अटो पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन पनि एक्स्पोमा राखिएका छन् ।

एक्स्पोमा सुजुकी ,टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी जस्ता बढी उपभोक्ताले रुचाइएका चारपांग्रे सवारीसाधनहरु प्रदर्शनमा राखिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.