मृत्यु हुने ३ जनाको पहिचान खुल्यो , ७ जना घाइते

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप आज (बिहीबार) बिहान घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने २५ वर्षीया अनुसा लामा, २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र ३ बस्ने बस्ने ५० वर्षीय बमबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ ।
दुर्घटनामा ७ जनाको ढाड, काध, हात, करङ, टाउकोमा चोट लागेको छ ।
उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्