सल्यानको बाङ्गिरह नजिकै जीप दुर्घटना, जीपसहित २ जना भेरी नदीमा बेपत्ता

सल्यान- छिन्चु-जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ बाङ्गिरह नजिकै जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परेको जीप भेरी नदीमा बेपत्ता भएको छ । जीप सडकबाट ५० मिटर तल भेरी नदीमा खसेको हो ।

लु १ ज ३०२२ नम्बरको जीप बालुवा सङ्ग्रीबाट सल्लीबजार फर्किँदै गर्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक र जीपका धनी भेरी नदीमा वेपत्ता भएका छन् । अन्य दुई जना भने सामान्य घाइते भएका छन ।

बनगाड कुपिण्डे नगरपालिका-१ आँपखोली बस्ने २९ बर्षीय प्रेम विक र सोही ठाउँका २१ बर्षीय खुमलाल बुढाथोकी सामान्य  घाइते भएका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.