अनुभवी र युवा खेलाडीको उत्कृष्ट मिश्रणले आगामी खेल रोमाञ्चक हुन्छ: सन्दीप लामिछाने

काठमाडौँ- मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ ।

एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताउनुभयो ।

टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उहाँले बताउनुभयो ।

उहाले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले विश्वकप लिग-२ बाट पहिचान गरिएका कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने बताउनुभयो ।

मलेसियाको पिच ’कम गति र स्पिनरलाई मद्दत पुग्ने’ खालको रहेकाले नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उहाँको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.