कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता

हुम्ला- कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका छन ।
दिउँसो २ बजे खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपता भएका हुन।
खार्पुनाथ गाउँपालिका-१ लालीगाउँका रामचन्द्र रावलकाे अन्दाजी १४ वर्षकाे छाेरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छाेरी अनु शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिनुभयो ।
सूचना आउनासाथ याङचु अस्थायी प्रहरी पाेष्टबाट प्रहरी सहायक निरीक्षक धनबहादुर डिसीकाे नेतृत्वमा गएको ४ जनाकाे टाेलीले खाेजीकार्य गरिरहेकाे डिएसपी खडकाकाे भनाइ छ।।






प्रतिक्रिया राख्नुहोस्