बाढी प्रभावित १२ जनाको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा उद्धार कार्य जारी रहेको छ।

नेपाली सेनाका अनुसार हालसम्म स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।

प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक उपचार सेवा उपलब्ध गराउने काम भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.