२८९ विदेशी नागरिक तथा पर्यटकको उद्धार,५९१ जना विदेशी पर्यटक सम्पर्कविहीन
उद्धार गरिएका मध्ये १८० जना भारतीय पर्यटक,चीनका ८९

काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा अलपत्र परेका २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ।
बोर्डका अनुसार अझै ५९१ जना विदेशी नागरिक तथा पर्यटक सम्पर्कविहीन छन्। ती मध्ये नेपाल पर्यटन बोर्डले शनिबार साँझ ६ बजेसम्मको अवस्था सार्वजनिक गर्दै ५ जना विदेशी नागरिक तथा पर्यटक हाल सम्पर्कमा आएको जनाएको छ।
उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतका १८०, चीनका ८९, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २ र टर्कीका २ जना रहेका छन्। यस्तै बुल्गेरिया, ओमान, पोर्चुगल र स्विट्जरल्यान्डका एक–एक तथा अमेरिकाका दुई जना पर्यटकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।
पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रमा अलपत्र, घाइते वा अन्य कारणले समस्यामा परेका विदेशी नागरिक तथा पर्यटकको खोज तथा उद्धार कार्य जारी छ।






प्रतिक्रिया राख्नुहोस्