विदेशमा रहेका मतदाताको मताधिकारबारे निर्वाचन विज्ञसँग छलफल

काठमाडौँ–  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरोकारवालासँग आज छलफल गरेको छ ।
छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट, विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता थियो । कार्यक्रममा हुलाक मतदान, प्रतिनिधिमार्फत मतदान, इन्टरनेट मतदान तथा सूचना प्रविधि–सहयोगी हुलाक मतदानलगायतका सम्भावित विकल्प तथा तिनका अवसर, चुनौती र कार्यान्वयनका पूर्वशर्तबारे छलफल गरिएको थियो ।
त्यसैगरी, मतदाता पहिचान तथा प्रमाणीकरण, एक व्यक्ति–एक मत, मतपत्रको गोपनीयता, साइबर तथा सूचना प्रविधि सुरक्षा, प्रणालीको विश्वसनीयता तथा लेखापरीक्षण, लागत, मतदाता शिक्षा, जनशक्ति, परीक्षण र चरणबद्ध कार्यान्वयनलगायतका विषयमा विज्ञहरूको अनुभव, धारणा र सुझाव प्राप्त गरिएको आयोगले जनाएको छ ।
कार्यक्रममा निर्वाचन आयुक्त डा राजीव सुब्बाले विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने आवश्यकता, सम्भावित मतदानका विभिन्न मोडेल तथा विश्व अनुभवका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.