उद्योगमन्त्रीमा दीपक कुमार साह नियुक्त,पद तथा गोपनीयताको शपथ

काठमाडौँ- दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभएको छ । उहाँले आजै मन्त्रीपदको शपथ समेत लिनु भयो । निवर्तमानमन्त्री गौरीकुमारी यादवले आज दिउसो पदबाट राजीनामा दिनुभएपछि साहलाई प्रधानमन्त्री नयाँ मन्त्री नियुक्तिका लागि सिफारिश गर्नुभएको थियो । नवनियुक्त मन्त्री साहले आजै साँझ पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री साह सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साह पेसाले इन्जिनियर हुनुहन्छ । ऊर्जा विशेषज्ञ र समुदाय सशक्तीकरणका पहलकर्ताको पहिचान बनाउनुभएका ५० वर्षीय मन्त्रि साह सुनसरीको भोक्रा नरसिङ गाउँपालिका वडा नं. ६ का स्थायी वासिन्दा हुनुहुन्छ । मन्त्री साहको नियुक्तिसंगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल तेश्रोपटक पुनर्गठन भएको छ ।
२०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि २०८३ चैत १३ गते प्रधानमन्त्री शाहको नेतृत्वमा मन्त्रिमण्डल गठन भएको थियो । त्यसपछि गृहमन्त्रीको राजीनामा र तत्कालिन श्रम तथा रोजगारमन्त्रीको पदमुक्तिपछि २०८३ बैशाख ३१ गते पहिलोपटक मन्त्रिपरिषद पुनर्गठन गरिएको थियो । २०८३ जेठ २६ गते गृहमन्त्रीमा पुन:सुधन गुरुङ र वित्तान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनको नियुक्तिसंगै मन्त्रिपरिषद पुनर्गठन गरियो । आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दिपककुमार शाहको नियुक्तिसंगै तेश्रोपटक मन्त्रिपरिषद पुनर्गठन गरिएको हो ।।






प्रतिक्रिया राख्नुहोस्