काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु, ४ जना घाइते

मकवानपुर – काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ०३००१ ज ०७२० नम्बरको इभी माइक्रोबस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २, सुकौरामा दिउसो २ बजे दुर्घटना भएको हो ।
यात्रु बहाक EV गाडी सडकबाट अन्दाजी १००० मिटर तल खसेर दुर्घटना हुँदा दुई महिला र दुई पुरुष गरि ४ जना घाइते भएका छन। घाइतेहरु २ पुरुष,१ महिलालाई उपचारको लागि काठमाडौ पठाएको र १ जना महिलालाई हेटौडातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
४ जना पुरुष को घटनास्थलमै मृत्यु भएको र मृतक तथा घाइते को पहिचान खुल्न नसकेको र घटनाको थप अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए।






प्रतिक्रिया राख्नुहोस्