राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिहरूलाई बोलाएर आवश्यक छलफल गर्नुभएको हो।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेज्यू र महामन्त्री विश्वप्रकाश शर्माज्यू सहभागी हुनुभएको थियो।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा आसन्न अमेरिका भ्रमणका विषयमा छलफल भएको बताइएको छ।

 प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.