किसान आन्दोलनः दिल्लीमा इन्टरनेट बन्द

भारतमा कृषि सम्बन्धी नयाँ कानुनको विरोधमा राजधानी दिल्लीमा भोक हड्ताल गरिरहेका किसानहरुले अड्डा जमाएको तीन स्थानमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
किसानहरुको आन्दोलन हिंसात्मक बन्दै गएको भन्दै सार्वजनिक सुरक्षाका लागि सरकारले आज रातिसम्म इन्टरनेट सेवा कटौती गर्ने जनाएको हो ।
एक महिनाभन्दा लामो समयदेखि राजधानी दिल्लीमा बनाएर दशौं हजार किसान लगातार प्रदर्शन गरिरहेका छन् । गतिरोध अन्त्य गर्न सरकार र किसान युनियनका बीच भएको वार्ता असफल भएपछि आन्दोलन जारी छ ।
गत मंगलबार किसानहरुको ट्रयाक्टर र्याली हिंसात्मक द्वन्दमा परिणत भएपछि आन्दोलनरत एक जना किसानको मृत्यु हुनुका साथै कयौं प्रहरी अधिकृतहरु घाइते भएका थिए । प्रदर्शनमा उत्रिएका किसानहरुले भारतको ऐतिहासिक लालकिल्लामा समेत तोडफोड गरेका छन् ।-






प्रतिक्रिया राख्नुहोस्