असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

काठमाडौं – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडक असोजभित्र सञ्चालन गर्ने गरी सरकारले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ।

गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडक मर्मत भइसकेको छ भने देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिएको छ। विदुर क्षेत्रमा क्षतिग्रस्त सडकमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु भएको छ ।

यस्तै, रसुवाको बेत्रावतीमा बेलीब्रिज जडानका लागि फाउन्डेसन निर्माण सुरु भएको छ। बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकखण्डमा ठूलो समस्या नरहेको र स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको सरकारले जनाएको छ।

स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने पूर्णरूपमा क्षतिग्रस्त भएकाले नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ। यस क्षेत्रमा दीर्घकालीन रूपमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत सरकारले गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.