बिहीबारदेखि मुसलधारे बर्षासँगै हिमपात हुने, सतर्क रहन आग्रह

बिहीबारदेखि मौसम हेरेर मात्र धान काट्न सुझाव

काठमाडौँ- बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको प्रभावले बिहीबारदेखि धेरै स्थानमा मुसलधारे पानीसँगै उच्च हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली भेगमा भीषण हिमपात हुने सम्भावना रहेको मौसमविद्हरु बताउँछन ।

चक्रवातले ल्याउने जलवाष्प माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग ठोक्किन पुग्दा वर्षा लम्बिने सम्भावना रहेको पनि मौसमविदहरुको भनाइ छ।

देशभर पानी पर्ने सम्भावना रहे पनि विशेषगरी शनिबारसम्म काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा धेरै पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पूर्वी क्षेत्रमा जस्तै पश्चिम नेपालतिर भने धेरै वर्षाको सम्भावना नरहेको पनि विभागले जनाएको छ।

अहिले धान वाली भित्र्याउने मुख्य समय भएकोले काटेको धान बुधबारसम्म भित्र्याउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यस पछि मौसमको अवस्था हेरेर मात्र धान काट्न अग्रह गरिएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भीषण हिमपातको सम्भावना भएकाले हिउँले पदमार्ग छोपिने हिउँ पहिरो आउन सक्ने र आधार शिविरमा पनि बाक्लो हिमपात हुने सम्भावना छ ।

यस अवधीमा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण कार्य स्थागित गर्न आग्रह गरिएको छ।

यसैगरी, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नेपालमा सम्भावित उच्च वर्षा र हिमपातप्रति सजग रहन अपिल गरेको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.