यस्तो पनि जुलुस !
जननिर्वाचित सत्ता सेनाले कब्जा गरेर सुनसान पारेको याङ्गुनको सडकमा सेनाको समर्थनमा करीब १ दर्जन ट्रक जुलुस निकालिएको समाचार सामाजिक संजालमा राखिएको छ ।
लोकतन्त्र उपयोग गर्दै आएका बर्मेली जनता रातारात सैनिक शासनको अन्धकारमा परेका छन् । थाइल्याण्ड लगायत केही छिमेकी देशबाहेक विश्वले नै बर्मेली सेनाले सत्ता कब्जा गरको कार्यको निन्दा गरिरहेको छ । अमेरिकाले बर्मेली जर्नेलहरुविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
यसैबीच हालै सम्पन्न निर्वाचनमा अत्यधिक बहुमत प्राप्त दल लिग फर डेमोक्र्यासीकी नेता आङ सान सुकीको दलले एक वक्तव्य प्रकाशित गरी जनतालाई सत्ता फर्काउन र सुकी लगायत सबैलाई रिहा गर्न माग गरेको छ ।
सुकीलाई सोमबार राति पक्राउ गरेर कहाँ राखिएको छ भन्ने जनाइएको छैन । आम निर्वाचन सैन्य पक्षका उम्मेदवार हार्ने गरी सम्पन्न भएपछि धाँधली भएको भन्दै सेनाले निर्वाचनको नतिजालाई अस्वीकार गरेर सत्ता कब्जा गरेको हो ।-
प्रतिक्रिया राख्नुहोस्