सरकारका पछिल्ला गतिविधिहरुप्रति काँग्रेस संसदीय दलको विरोध

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारका पछिल्ला गतिविधिहरूले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको निष्कर्ष निकालेको छ।
आज सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले सरकारका गतिविधि विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत अघि बढेको बताउँदै प्रतिरोध गर्ने निर्णय गरेको हो।
बैठकपछि जारी निष्कर्षमा कांग्रेसले सरकारका पछिल्ला कदमहरू राज्यको संवैधानिक संरचनालाई कमजोर बनाएर आफू अनुकूलको शासन स्थापित गर्ने सुनियोजित प्रयत्न भएको ठहर गरेको छ।
विशेषगरी सञ्चारमाध्यम, पत्रकार र राष्ट्रसेवक कर्मचारीमाथि सरकारले नियतवश त्रास र अनुचित दबाब सिर्जना गर्न खोजेको काँग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बैठकपछि संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।
यस्तै, कांग्रेसले सबै विवादित गतिविधिहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ। ।






प्रतिक्रिया राख्नुहोस्