काँग्रेसको आव्हानमा प्रतिपक्षी दलहरुको बैठक

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलमा आज प्रतिपक्षी दलहरूको बैठक बसेको छ ।
बैठकमा सरकारका पछिल्ला गतिविधि, कार्यशैली तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।
बैठकमा सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोध गर्ने तथा प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरू सहभागी भएका थिए ।
बैठकमा सरकारको कार्यशैली, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, न्यायालयसँग जोडिएका पछिल्ला विवाद र विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयमा छलफल भएको छ ।
त्यस्तै, सरकारलाई जवाफदेही बनाउन र संसद्मा प्रतिपक्षी दलहरूको भूमिका प्रभावकारी बनाउन साझा धारणा बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्