लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

 काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपूर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपिएलको उपाधि भिडन्तमा साविक विजेता समेत रहेको लुम्बिनीले जितका लागि सुदूरपश्चिम सामू १५६ रनको चुनौती पेस गरेको छ ।

टस जितेर सुदूरपश्चिमले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २०ओभरको खेलमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो । लुम्विनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले ३० रन बनाउँदा डिकवेलाले २८ र डार्सी सर्टले २१ रन जोडे । लुम्बिनी विरुद्ध सुदूरपश्चिमका स्कट कुग्लियानले दुई विकेट लिदा कप्तान दीपेन्द्र सिंह ऐरी हेमन्त धामी र रत्नायकीले समान १-१ विकेट लिए । लुम्बिनीले दिएको लक्ष्य पछ्याउदै सुदूरपश्चिम अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

एनपिएलको गत संस्करणमा यी दुई टोलीबीचमा नै फाइनल खेल भएको थियो । जसमा सुदूरपश्चिमलाई हराउदै लुम्बिनीले उपाधि जितेको थियो । जारी एनपिएलको लिग र क्यालिफायर दुईखेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको छ । आज जित दर्ता गर्दै लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो एनपिएल उपाधि जित्ने लक्ष्य सहित मैदानमा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.