सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई )को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिएका छन् । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनि आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो ।

नेपालका बलर कामीले हिजोको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै एकै ओभरमा दुई विकेट लिन सफल भए ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन् । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन् ।

युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.