प्रतिनिधि सभा विघटन विरुद्ध आजबाट रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस

काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस आजबाट शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस गरेका थिए ।

शुक्रवार सार्वजनिक विदा र हिजो शनिवार भएकोले आजबाट जवाफी बहसको क्रम शुरु भएको हो ।

आजको बहसमा सहभागी कानुनव्यवसायीले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्यूरीको राय लिनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.