२४ घण्टामा १०४ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५०१ जनाको गरिएको पीसीआर परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १३१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ६० जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०५४ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६१ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४७, भक्तपुरमा २ र ललितपुरमा १२ जना संक्रमित थपिए ।






प्रतिक्रिया राख्नुहोस्