पार्टी भित्र समानन्तर सरकारको अभ्यास भएपछि प्रतिनिधि सभा विघटन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधि सभा विघटन गर्नु परेको बताउनु भएको छ ।

सरकारले तीन वर्षको अवधिमा सम्पादन गरेका महत्वपुर्ण र ए्तिहासिक कार्यहरुको जनकारी दिन आयोजित समारोहमा प्रधानमन्त्री के पि शर्मा वलिले सो कुरा वताउनु भएको हो ।

भूकम्पपछि पुन: निर्माण गरिएको सिंहदरवार भवनको उदघाटनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिकुल अवस्थाको बावजुद पनि उल्लेख गर्न लायक धेरै कामहररु देशमा भएको बताउनु भयो ।

पार्टी भित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको पनि उहाँले बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई शुरु देखिनै काम गर्न विभिन्न बाधा सृजना गरेर अप्ठ्यारोमा पारेको बताउँदै झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको पनि उहाँले बताउनु भयो ।

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र त्यसलाई सुनुवाइ समितिमा अड्काउने काम भएको बताउनुहुँदै अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

देशमा राजनीतिक अस्थिरता सृजना हुनबाट रोक्न संसद बिघटनको बिकल्प नभएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.