महेन्द्रनगर विमानस्थल निर्माणमा त्रिपक्षीय सम्झौता

काठमाडौं– महेन्द्रनगर विमानस्थल निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयमा महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।
सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सो विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विमानस्थल सञ्चालनका लागि सवै एकमत रहेकाले सम्झौता सम्भव भएको बताउनुभयो ।
भीमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको सुदृढीकरण, स्तरोन्नति र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने जनाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्