एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन– १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको थियो । गत मंगलबार राति भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेर सडक अबरुद्ध भएको थियो । सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सो सडक भएर चितवन, दमौली, पोखरा लगायतका ठाँउमा जाने आउने सवारी साधन चल्न थालेका छन् ।
यसैबीच बाढी पहिरोका कारण भत्किएको चितवन र धादिङको सिमानामा पर्ने मौवा खोलाको सडक मर्तत भइरहेको छ । छिट्टै यातायात सञ्चालन गर्ने गरी सोमबारको बाढीले बगाएको पुलको एप्रोच सडकको मर्मत भइरहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।।
लगातारको वर्षाका कारण कालिगण्डकी नदीको बहाव बढेसँगै नदी किनारका बस्तीहरु जोखिममा परेका छन् ।
कालिगण्डकी नदी किनारका वस्तीहरु मालढुङगा, जैमिनीघाट, सहस्रघारा ,बेलबगर लगायतका ठाउँ जोखिममा परेका हुन् । मालढुङगास्थित नदी किनारमा बस्दै आएका १५० परिवार कालिगण्डकी नदीको बाहाव बढेसँगै रातमा जाग्राम बस्नु परेको बताउँछन् । मालढुङ्गाको कालिगण्डकी पुलसँगै रहेका बस्तीहरु नदी कटानका कारण मात्र नभइ क्रसर उद्योगहरुले जथाभावी गिटी बलुवा निकाल्ने गरेका कारण पनि जोखिममा परेका छन् । स्थानीयले जोखिममा परेका वस्तीलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्