विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीमा आज विहान बस दुर्घटना हुँदा १७ जना स्कुले बालवालिकाहरु घाइते भएका छन् ।

शुक्रबारबाट मन्थलीमा शुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबैको अवस्था समान्य रहेको अस्पतालका चिकित्सक डा. केशव धामीले जानकारी दिनुभयो ।

बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन् । बसमा अधिकांश स्कुले बालवालिकाहरु रहेका थिए ।

बस तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको जनाएको छ । एक्कासी ब्रेक लगाउँदा बस सडकमा नै पल्टिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.