उपत्यकामामा ९ सहित १ सय ४७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । तीमध्ये उपत्यकाका तीन जिल्लामा ९ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ५ जनासहित भक्तपुर र ललितपुरमा २–२ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै नेपालमा अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।

यसैबीच बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.