मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न सकिँदैनः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न नसकिने बताउनु भएको छ।

राष्ट्रिय सेवा दलबाट दीक्षित क्याडेट विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक स्थिरता दिनु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले अब मुलक राजनीतिक स्थिरता र विकासमा अघि बढ्ने उल्लेख गर्दै समाजमा अराजकता र आपराधिक मानसिकता बढिरहेकोले नैतिकता र अनुशासनको बन्धन आवश्यक रहेकोमा जोड दिनुभयो । सेवा दलबाट दीक्षित क्याडेटहरुलाई प्राकृतिक विपद्, सामाजिक जागरण र विकासका जुनसुकै काममा लगाउन सकिने पनि उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलले स्थापना कालदेखि नै युवाहरुलाई अनुशासित र बफादार बनाउन सञ्चालन गरिएको तालिम प्रभावकारी रहेको बताउनु भयो ।

राष्ट्रिय सेवा दलले विद्यालय तथा महाविद्यालय तहमा अध्ययनरत युवाहरुलाई सेवा दलमा आबद्ध गराएर तालिम दिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.