नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं- पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने सो पार्टीले जनाएको छ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीतिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

हिजो मात्र नेकपा प्रचण्ड-माधव समूहले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । यसका लागि अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा छलफलका लागि हिज जानुभएको थियो ।

प्रतिनिधि सभा विघटनलाई असंबैधानिक भन्दै आएको काँग्रेसले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.