सरकारी कार्यालयभित्र रहेका चमेना गृहहरुको अनुगमन

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयको पहलमा सरकारी कार्यालयभित्र रहेका चमेना गृहहरुको अनुगमन गरिएको छ । चमेना गृहभित्र खाद्य बस्तुहरुको गुणस्तरबारे गुनासो आएपछि केही सरकारी कार्यालय भित्रका चमेनागृहको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य बिभाग, खाद्य तथा गुण नियन्त्रण विभाग, घरेलु तथा साना उद्योग, उपभोक्त संरक्षण मञ्च, र प्रहरीको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा काठमाडौं जिल्ला अदालत, जिल्ला अदालत बार एशोसियसन र जिल्ला प्रशासन कार्यालय भित्र रहेका चमेना गृहले व्यवसाय दर्ता नै नलिई चमेना गृह सञ्चालन गरेको र सरसफाई तथा खाद्य गुणस्तरमा कमी रहेको पाक्ष्एपछि ती चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना सहित विभागमा उपस्थित हुन पत्र काटिएको छ ।

काठमाडौं जिल्लाका सरकारी कार्यालय भित्र रहेका चमेनागृहहरुमा अनुगमन जारी राखिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुराज बेलबासेले बताउनुभयो ।

अनुगमनमा काठमाडौं जिल्ला प्रशासन कार्यालय भित्र रहेको लामा कान्टिन र नेपाल टेलिकम भित्र रहेको मेघा खाजाधरलाई खाद्य पदार्थमा अधिक रंग मिसाएको पाइएपछि ५ हजार जरिवाना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.