फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस

काठमाडौं– सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो । सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.