कस्तो हुन्छ अबको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आउँदो आइतबारबाट मात्र मौसममा सुधार हुने पूर्वानुमान जारी गरेको छ ।

शुक्रबार बिहान जारी आगामी ३ दिनको पूवानुमानमा आज र भोलि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । त्यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। तर साउन ११ गते आइतबारबाट भने आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको मात्र सम्भावना रहेको उल्लेख छ।

विभागले प्राय सवै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा केही ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.