कोरोना संक्रमित ८५ वर्षीया महिलाको मृत्यु

शव व्यवस्थापन गर्न नेपाली सेनालाई जिम्मा

पर्सा– कोरोना भाइरसबाट संक्रमित रहेकी ८५ वर्षीया महिलाको शुक्रबार वीरगन्जमा उपचारको क्रम्मा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना रहेकी वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुर निवासी महिलाको उपचारको क्रममा मध्यान्ह १२ बजे मृत्यु भएको हो ।

वीरगन्जको एडभान्स मेडिकेयर अस्पतालमा उपचार गराउन आएकी महिलामा संक्रमण पुष्टि भएपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो । स्वास प्रस्वास र निमोनियाबाट ग्रसित रहेकी महिलाको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि उनलाई बिहीबारदेखि नै भेन्टिलेटरमा राखिएको अस्थायी कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

महिलाको शवलाई व्यवस्थापन गर्न नेपाली सेनालाई जिम्मा दिइएको नारायाणी अस्पतालले जनाएको छ ।

यसैबीच, र्साबाट थप ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन ८ गते अबेर राति आएको परीक्षण रिपोर्टमा जिल्लाको विभिन्न स्थान निवासी ७ जना महिला र २५ जना पुरुषमा संक्रमण पुष्टि भएको डा सिंहले जानकारी दिनुभयो । उहाँले नारायणी अस्पतालको लयबमा गरिएको स्वाब नमूना परीक्षणबाट ३२ जना संक्रमित फेला परेको बताउनुभयो । संक्रमित सबैलाई वीरगन्जको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.