एमाले नेता पन्तविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा

काठमाडौं– राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको छ ।

लैंगिक हिंसाजन्य टिप्पणी गरेको भन्दै वलीले पन्तविरुद्ध मुद्दा दायर गर्नुभएको हो । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको तथा त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गरिएको छ ।

गाली गरेवापत १ वर्ष कैद र १० हजार जरिवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तथा त्यसलाई विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।

फागुन १५ गते नेता पन्तले पार्टीमा बीसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले पिँडुला देखाएर राष्ट्रियसभाको टिकट पाएको टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.