प्रतिनिधि सभाको बैठक बस्दै, एमाले र माओवादी केन्द्रका सांसदहरु अलग-अलग लहरमा बस्ने

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

यही फागुन २३ गते सूचना टाँसेर बन्द भएको बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।

सर्वोच्च अदालतले नेकपाको नाम खारेज गरेसँगै देखिएको नयाँ राजनीतिक घटनाक्रमपछि बस्न लागेको यो बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरुको सिट व्यवस्थापनमा संसद सचिवालयले केही हेरफेर गरेको छ ।

संसद सचिवालयका अनुसार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नगरेपनि सत्तापक्षसँगै नबस्ने गरी सिटको व्यवस्था मिलाइएको छ ।

सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार माओवादी केन्द्रका सांसदहरुका लागि अलगै लहरको ब्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्र अलग अलग पार्टी भएको पत्र संसद सचिवालयमा पठाएपछि संसद सचिवालयले सिटहरुको नयाँ व्यवस्थापन गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.