नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने प्रधानमन्त्रीको भनाइ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताउनुभएको छ ।
विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित  चेतनामुलक प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहनु भएको जानकारी समेत दिनुभयो ।

‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउनेसमेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ’-प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहितआज नेपालसहित विश्वभर मृगौलादिवस मनाईँदैछ ।

‘हाम्रो खानपिन वा हाम्रो दैनिकीमा मृगौलालाई असर पार्नखानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यानदिन जरुरी छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनिहुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यस सम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानु परेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइँन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँले भन्नुभयो ।

मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवन यापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिनुभयो ।
प्रधानमन्त्रीओली सम्बोधनपछि प्रभातफेरिमा पनि सहभागी हुनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.