अमेरिकी पूर्व राष्ट्रपतिहरूले लगाए कोरोनाको खोप

काठमाडौं- अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ । सामूहिक रूपमा उहाँहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुनु भएको जनाइएको छ ।

खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उहाँहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गर्नुभएको छ ।

उहाँहरूले कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि आग्रह गर्नुभएको छ । पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उहाँहरूका प्रथम महिलाहरूले पनि खोप लगाउने भएको हो ।

खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भन्नुभयो, “खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ ।”

अन्य पूर्व राष्ट्रपतिहरूले पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउनु आवश्यक रहेको र त्यसबाट कुनै नकारात्मक खतरा नरहेको चिकित्सकहरूले प्रमाणित गरेकाले आफूहरूले ढुक्क भएर खोप लगाएको उल्लेख गर्नुभएको छ ।

निवर्तमान राष्ट्रपति ट्रम्पले भने खोपप्रति आफ्नो विश्वास नरहेको बताउँदै आउनु भएको थियो । तर उहाँले भने राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेको विभिन्न सञ्चारमाध्यमले लेखेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.