४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना रिहा

काठमाडौं– ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी० शनिबार दिउँसो रिहा हुनुभएको छ ।

भारत पश्चिम बंगालस्थित दमदम करेक्सनल सेन्टरमा रहनुभएका तिम्सिना कोलकाता उच्च अदालतको आदेशबमोजिम छुट्नुभएको हो ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उहाँलाई छाडेको हो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

तिम्सिना सन् १९८० मा दार्जिलिङमा पक्राउ पर्नुभएको थियो ।

हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको अभियोग प्रमाणित हुने कुनै सबुत भेटिएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.