राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशी राष्ट्रपतिद्वारा स्वागत

ढाका– राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणका लागि सोमबार बिहान ढाका आउनुभएको छ ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहका लागि ढाका ओर्लनुभएकी राष्ट्रपतिलाई बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए । स्वागतमा नेपाली राजदूत डा. वंशीधर मिश्र पनि उपस्थित हुनुहुन्थ्यो ।

भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । राष्ट्रपतिकोको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलमलगायत उपस्थित हुनुहुन्थ्यो ।

भण्डारीले सावरमा वृक्षारोपण गर्नुभएको छ भने आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.