राष्ट्रपति बंगलादेशबाट स्वदेश फिर्ता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना मन्त्रीगणहरु र संवैधानिक निकाय प्रमुख लगायत उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभवन विमानस्थल पुग्नुभएको थियो । बंगलादेशका राष्ट्रपिता शेख मुजीबुर रहमानको जन्मशताब्दी समारोहमा विशेष अतिथिका रुपमा भाग लिन राष्ट्रपति भण्डारी हिजो बंगलादेश जानु भएको थियो । जन्मशताब्दी समारोहलाई राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्नुभएको थियो ।

यसैबीच राजधानी फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको बंगलादेश भ्रमण फलदायी रहेको बताउनु जानकारी दिनुभयो । भ्रमणले द्विपक्षीय सम्वन्धलाई थप उचाइमा पुर्याउन मद्धत पुगेको मन्त्री ज्ञावलीले बताउनुभयो ।

राजकीय भ्रमणकै सन्दर्भमा नेपाल र बंगलादेशबीच संस्कृति पर्यटन रेलमागर्गसँग सम्वन्धित लगायत विभिन्न ४ बटा सम्झौता भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.