लकडाउन हुँदैनः अर्थमन्त्री
‘खोप खरिद गर्न स्रोतको अभाव हुँदैन’
काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले सरकार लकडाउन गर्ने सोचमा नभएको स्पष्ट पार्नुभएको छ ।
कोरोनाको दोस्रो चरण सुरुवात भएको र छिमेकी भारतमा संक्रमण उच्च रहेकाबेला नेपालमा आशंकाहरु हुन थालेकाबेला अर्थमन्त्रीको स्पष्टोक्ति आएको हो । ‘आशंका होइन, यथार्थबाट निर्देशित हुनुपर्छ,’ कोभिडको दोस्रो चरणबाट जोगिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘तर, आर्थिक सामाजिक क्रियाकलापलाई सुचारु र नियमित गर्नुपर्छ ।
स्वास्थ्य मापदण्ड पालना गनुर्छ । सरकारले सिमा नाका बन्द गर्ने, लकडाउन गर्ने सोचेको छैन ।’
अर्थमन्त्री पौडेलले खोप खरिद गर्न स्रोतको अभाव नहुने बताउनुभयो । ‘विश्व बजारमा खोपको उपलब्धता उत्पादकको निर्णयका आधारमा प्रभावित हुन सक्छ,’ उहाँको भनाइ थियो, ‘सकेसम्म अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको छ ।’
प्रतिक्रिया राख्नुहोस्