होलि र नयाँ बर्ष जस्ता चाडपर्व घरमै मनाउन अपिल
मकवानपुर- पछिल्लो समयमा कोभिड -१९ छिमेकी मुलुक लगायत अन्य देशहरुमा लहर देखिएसँगै जिल्ला प्रशासन कार्यलय मकवापुरले पनि जिल्लाबासीका नाममा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
प्रमूख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले एक सुचना जारी गर्दै उक्त अपिल गर्नु भएको हो ।
छिमेकी मुलुक भारतमा कोभिडको दोस्रो लहर देखिएको र खुल्ला सिमानाको कारण मानिस आवतजावत हुँदा नेपालमा समेत उच्च जोखिम देखिएको भन्दै सतर्कता अपनाउन भनिएको हो ।
जिल्लामा संक्रमण फैलिन नदिन मेला ,महोत्सव , होलि र नयाँ बर्ष जस्ता चाडपर्वमा भिडभाड नगर्न नगराउनुका साथै चाडपर्वहरु घरमै मनाउन तथा सामाजिक दुरी कायम गरी अनिवार्य मास्क प्रयोग गर्न आह्वान समेत गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्