नेपाल पक्षका सांसदहरु पनि एमाले संसदीय दलको बैठकमा सहभागी
प्रधानमन्त्रीद्वारा मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी
काठमाडौं– नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका सांसदहरु पनि संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको बैठकमा झलनाथ खनालसहित नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी हुनुभयो । नेपाल पक्षको बैठकले दलको बैठकमा सहभागिता जनाउने निर्णय गरेको थियो ।
बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्