दाहालको पुनरावलोकनबारे प्रधानमन्त्रीको टिप्पणी– अदालत पनि मजाक गर्ने ठाउँ हो र ?
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदनको कुनै अर्थ नभएको टिप्पणी गर्नुभएको छ ।
रिपोर्टर्स क्लवको वार्षिकोत्सवलाई काठमाडौंमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले अदालत मजाक गर्ने ठाउँ नभएको बताउनुभयो । ‘आज पुनरावलोकन गर्न जानुभएछ, अदालत पनि कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज भएको छ, पार्टी आफ्ना आफ्ना भइसके,’ एमाले अध्यक्षसमेत रहनुभएका ओलीले भन्नुभयो ।
प्रधानमन्त्रीले दाहालले सूर्य चिन्ह दाबी गरेकोमा आश्यार्य प्रकट गर्नुभयो । ‘प्रचण्डले सूर्य चिन्ह मेरो भन्दा अचम्म लाग्यो, बच्चा खेलाएजस्तो हो र सूर्य चिन्ह ?,’ उहाँको प्रश्न थियो ।
दाहालले कार्यकारी अध्यक्षको कागज गरेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने दाबी छाडेको स्मरण गर्दै उहाँले तर फेरि सत्ता खोजेपछि समस्या भएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्