वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा मंगलबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले साउन १ गतेदेखि लागू हुने गरी वृद्धभत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको हो । ‘साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई आपत्ति लाग्न सक्छ । बुढाबुढी, अपाङ्गलाई पनि भत्ता दिन थाल्यो भनेर कसैलाई रातभर निद्रा लाग्दैन,’ उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम रेल शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्