कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइँदै
काठमाडौं- चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइंदै छ ।
नेपाललाई अनुदानमा दिएको ८ लाख डोज खोप २३ वटा खोप केन्द्रबाट लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । सो खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
काठमाडौंका १३ वटा विभिन्न अस्पतालमा खोप लगाउन सकिने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । एक प्रसंगमा मन्त्री त्रिपाठीले कोरोना महामारीबाट आतंकित हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले बाहिर चर्चा चलेजस्तो लकडाउनमा जाने कुनै संभावना नै नरहेको स्पष्ट पार्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्