पत्रकार महासंघको हिजो भएको निर्वाचनको मत गणना जारी
काठमाडौं- नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तरगत हिजो भएको निर्वाचनको मतगणना जारी छ ।
जिल्ला , प्रदेश , प्रतिष्ठान र केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । अधिकांश जिल्लाको मत परिणाम सार्बजनिक भै सकेको भएपनि औपचारिक जानकारी हुन बाँकी छ ।
त्यस्तै प्रदेश , प्रतिष्ठान र केन्द्रको मत गणना सम्बन्धीत ठाउँमा जारी रहेको निर्वाचन समितिले जनाएको छ । प्रारम्भिक मतगणनाको परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानलले केही अग्रता कायम गरेको छ ।
महासंघको निर्वाचनमा विभिन्न घटकहरुबीच गठबन्धन भई प्रतिष्पर्धा भएको हो । खासगरी प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले चुनावी तालमेल गरेका छन् ।
अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल, प्रेस चौतारीका निर्मला शर्मा र स्वतन्त्र गजेन्द्रसिह बुढाथोकी उमेदवार हुनुहुन्छ ।।
प्रतिक्रिया राख्नुहोस्