नेपाल टेलिभिजनका समाचार निर्देशक थापाको बिदाइ

काठमाडौं– नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य एवम् समाचार महाशाखाका निर्देशक मनोहरि थापा नेपाल टेलिभिजनबाट सोमबारदेखि अनिवार्य अवकाश लिनुभएको छ ।

नेपाल टेलिभिजनमा ३३ वर्ष सेवामा रहनु भएका थापाले उमेरहदका कारण सेवाबाट अवकाश लिनु भएको हो । समाचार निर्देशक थापालाई बिदाइ गर्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले नेपाल टेलिभिजनलाई नेपाल टेलिभजनमा रहँदा आर्जन गरेको सीप र अनुभवलाई उच्चतमा प्रयोग गर्दै बाँकी जिवन अझ क्रियाशिल बनाउनुहुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल तामाङले थापाको सेवानिर्वृत समय अझ बढी उर्जाशिल रहने र फेरीपनि सहकार्यको मौका मिल्ने विश्वास व्यक्त गर्नु भयो ।

बिदाइ समारोहमा निर्देशक थापाले टेलिभिजन सेवा प्रवेशदेखि अवकासकासम्म आफ्ना अनुभव सुनाउँदै संस्थामा रहँदा आफ्नो सवै समय कर्मचारी र संस्थानको हितमा नै समर्पण गरेको उल्लेख गर्नुभयो ।

नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य बालकृष्ण बस्नेतले निर्देशक थापा बहुमुखी प्रतिभा भएको र नेपाल टेलिभिजनका लागि अनिवार्य व्यक्तित्वको रुपमा आफूले पाएको बताउनुभयो ।

बिदाइ समारोहमा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपाने, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहाल र नेपाल टेलिभिजन कर्माचारी युनियनका अध्यक्ष विश्वेश्वर पौडेल र पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालले समाचार माहाशाखा निर्देशक थापाले संस्थामा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको भन्दै आगामी दिन थप सफलताको कामना गर्नुभयो ।

नेपाल टेलिभिजनमा २०४५ सालमा थापा नेपाल टेलिभिजनमा समाचार प्रस्तोता एवम संवादाताको रुपमा नेपाल टेलभिजनका सेवामा जोडिनु भएका समाचार महाशाखाका निर्देशक थापा तीन कार्यकाल लगातार नेपाल टेलिभिजन कर्मचारी संघको अध्यक्ष तथा तीन कार्यकाल सञ्चालक समिति सदस्य भइसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.