४९२८ जना संक्रमित थपिए, २४ घण्टामा २६ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा नेपालमा ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोशालामा गरिएको १३५६० जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ४९२८ मा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा निको भएको दर ८८ दशमलव २ प्रतिशतमा झरेको छ ।

२४ घण्टामा २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर रिपोर्ट प्राप्त भएको मृत्यु संख्या भने ३५ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.