पिएसजीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी जारी युइएफए कपको फाइनलमा

म्यानचेस्टर सिटी पहिलो पटक युइएफए च्याम्पियन्स लीगको फाइनलमा प्रवेश गरेको छ।

आज विहान सम्पन्न सेमिफाइनलको दोश्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरीस सेन्ट जर्मेन पीएसजीलाइ आफ्नै घरेलु मैदानमा २ -० ले पराजित गर्दै समग्रमा दुई लिगबाट ४-१ को जित निकाल्दै इङ्गलिस क्लव सिटी इतिहास वनाउदै फाइनलमा प्रवेश गरेको हो ।

सिटीको जीतमा स्ट्राइकर रीयाद माहरेजले दुइ गोल गर्दै म्यान अफ द म्याच घोषीत भए ।

पहिलो हाफको ११ औँ मिनेटमा रीयादले गोल गर्दै सिटिलाइ अग्रता दिलाएका थिए । दोश्रो हाफको ६३ औँ मिनेटमा फिल फोडेनको असिस्टलाइ गोलमा परिणत गर्दै रीयादले अग्रतालाइ दोब्बर गराएका थिए । खेलको ६९ औँ मिनेटमा पिएसजीका एन्जल डि मारीया रातो कार्डवाट वाहिरीएपछि १० खेलाडिमा सिमित पिएसजीलाइ दवाव सृजना भएको थियो ।

चोटका कारण किलीयन एम्वाप्पे वेञ्चमा नै रहेका कारण नेइमारको मात्रै केहि चल्न सकेन ।

अव सिटीले फाइनलमा आज राति हुने द‍ोश्रो सेमिफाइनल रीयल मड्रिड र चेल्सीको विजेता संग खेल्नेछ । सिटीले ५१ वर्षमा पहिलो पटक युरोपेली च्याम्पियन्सको पहिलो फाइनल खेल खेल्न लागेको हो ।

यस अघि प्रिमियर लिगको उपाधी केहि खेल अगावै सिटीले आफ्नो पकटमा पारीसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.