लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

जसपामा महन्थ ठाकुर समूहका चार सांसदलाई उपेन्द्र यादव समूहले निष्काशन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले ती सांसदहरुलाई निष्काशन गर्नुअघि दलको केन्द्रीय समितिले स्पष्टीकरण पेश गर्ने मौका दिएको नदेखिएको भन्दै अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा दुवै पक्षसँग छलफल गर्नुपर्ने देखिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.